अफगानिस्तानमा आइतबार भएका आक्रमणमा १७ सैनिकको मृत्यु
काबुल : अफगानिस्तानका विभिन्न स्थानमा आइतबार राति भएका छुट्टाछुट्टै आक्रमणहरूमा १७ सैनिकको मृत्यु भएको छ । स्थानीय युद्ध अनुगमन समूहले सोमबार त्यसको पुष्टि गरेको छ ।
मारिने सैनिकमध्ये सबैभन्दा बढी दक्षिणी हेल्मन्ड प्रान्तमा रहेका छन् । उक्त प्रान्तमा रातभर भएका भिडन्तमा ११ सैनिक मारिएका र अन्य १३ सैनिकलाई आक्रमणकारी समूहले नियन्त्रणमा लिई लगेको बताइएको छ । सेनाले आक्रमणमा अफगानी तालिवान विद्रोही लडाकूको सम्लग्नता रहेको दाबी गरेको छ ।
उक्त दिन तालिवान विद्रोहीले सेनाबाट खोसेर लगेको गाडीलाई प्रहरी कार्यालयमा विष्फोट गराउँदा कम्तीमा दुई प्रहरीको मृत्यु भएको आठ प्रहरी घाइते भएका बताइएको छ ।
सन् २००१ पहिले सत्ता चलाइसकेको तालिवान समूहले पछिल्लो केही महिनामा सरकारी सुरक्षाकर्मी र तालिवान समूहमा नलागेका सर्वसाधारणको हत्या गर्ने गरेका छन् । (रासस)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया