विश्व

अफगानिस्तानमा २० लडाकू मारिए

इकागज |
चैत २६, २०७७ १८:१४ बजे

फाइल तस्‍वीर

कुन्दुज : अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी कम्तीमा २० लडाकू मारिएका छन् ।  देशको उत्तरी कुन्दुज प्रान्तमा पर्ने इमाम साहिब जिल्लामा भएको घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । 

पछिल्लो २४ घण्टामा भएका घटनामा उनीहरुको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता इनामुद्धिन रहमानीले बिहीबार जानकारी दिए ।   'इमाम सहिब जिल्लामा भएको घटनामा परी कुल २० तालिबान लडाकूहरु मारिएका छन्,' उनले सिन्ह्वासँग भने । घटनाका बारेमा तालिवान लडाकूहरुको तर्फबाट भने कुनै प्रतिक्रिया नआएको सैन्य अधिकारीहरूले जानकारी दिएका छन् । रासस
 



Author

थप समाचार