विश्व

इराकको संसद् कब्जा गरेका प्रदर्शनकारी टेबुल ठटाउँदै, गीत गाउँदै

इकागज |
साउन १२, २०७९ बिहीबार १२:१६ बजे

काठमाडौँ – बगदादको उच्च सुरक्षा घेरालाई तोड्दै प्रदर्शनकारीहरू इराकको संसद् भवनमा प्रवेश गरेका छन् । धर्मगुरु मुक्तादा अल-सद्रका समर्थकहरूले प्रधानमन्त्रीका लागि विपक्षी उम्मेदवारको मनोनयनको विरोध गर्दै बुधबार संसद् भवन पुगेका बीबीसीले जनाएको छ । त्यसबेला कुनै पनि सांसद उपस्थित भने थिएनन् ।

सद्रको राजनीतिक गठबन्धनले गत अक्टोबरको आम चुनावमा सबैभन्दा बढी सिट जितेको थियो, तर मतदानपछि राजनीतिक गतिरोधका कारण सत्तामा छैन । प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको बताइएको छ । 


एक सुरक्षा स्रोतका अनुसार सुरक्षा बलले सुरुमा प्रदर्शनकारीलाई रोक्न खोजेपनि उनीहरूले संसदमा आक्रमण गरेका थिए । 

संसद भवनमा प्रदर्शनकारीले गीत गाउँदै, नृत्य गर्दै तथा टेबल ठटाउँदै रमाइलो गरिरहँदा प्रधानमन्त्री मुस्तफा अल-खादिमीले उनीहरूलाई संसद् भवन छाड्न निर्देशन दिएका थिए । 
 


Author

थप समाचार
x