विश्व

फिलिपिन्स भूकम्प : सयौँ पराक्रमपछि स्थानीय त्रसित

इकागज |
साउन १२, २०७९ बिहीबार १२:५५ बजे

मनिला- भूकम्पबाट प्रभावित उत्तरी फिलिपिन्समा सयौं परकम्प आएका छन् । पुनः भूकम्प आउने त्रासमा उत्तरी फिलिपिन्सका बासिन्दा बाहिरै सुतेका छन् । प्रभावित क्षेत्रको राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले निरीक्षण गरेका छन् । 

अब्रा प्रान्तमा बुधबार बिहान ७ दशमलब १ म्याग्निच्युडको भूकम्प जाँदा ५ जनाको मृत्यु हुनुका साथै १५० भन्दा बढी घाइते भएका थिए ।


शक्तिशाली भूकम्पका कारण राजधानी मनिलाबाट सयौं किलोमिटर टाढा अब्राका भवनहरू भत्किएका छन् भने र अग्ला टावर लडेका छन् । प्रभावित क्षेत्रका केही स्थानमा पहिरो समेत गएको छ । एजेन्सी


Author

थप समाचार
x