विश्व

केन्यामा खडेरीले १७९ हात्ती मरे

इकागज |
साउन १२, २०७९ बिहीबार १४:२७ बजे

फाइल फोटो

नैरोबी–  केन्यामा जलवायु परिवर्तनले ठूलो संख्यामा हात्ती मर्न थालेका छन् । एक रिपोर्टअनुसार केन्याली सरकारले जलवायु परिवर्तन हात्तीका लागि शिकारीभन्दा पनि ठूलो खतरा भनेको छ ।

विश्वको सबैभन्दा ठूलो पार्कमध्ये एक साभो राष्ट्रिय निकुञ्जमा पछिल्लो आठ महिनामा मात्रै १७९ हात्ती मरेका छन् । 'पछिल्ला आठ महिनामा नौ हात्तीको तस्करी भएको छ जबकी यो अवधिमा खडेरीका कारण १७९ हात्ती मरेका छन् । यो ठूलो संख्या हो । जलवायु परिवर्तनबारे छलफल गर्ने समय आएको छ’ केन्याका पर्यटन मन्त्रालयका सचिव नाजिब बलालाले स्थानीय सञ्चारमाध्यमलाई भने ।


जलवायु परिवर्तनको असरलाई ध्यानमा राखेर खतरालाई सम्बोधन गर्न सरकारले राष्ट्रिय वन्यजन्तु जलवायु परिवर्तन अनुकूलन रणनीति २०२२–२०३ तयार पारेको उनले बताए ।
 


Author

थप समाचार
x