विश्व

भुटानले ‘दिगो विकास शुल्क’ को रुपमा पर्यटकसँग दैनिक २ सय डलर लिने

इकागज |
साउन १२, २०७९ बिहीबार १६:२७ बजे

तस्बिरः थ्रिलोफिलिया

काठमाडौँ – सेप्टम्बर २३ देखि भुटानले विदेशी नागरिकका लागि अन्तर्राष्ट्रिय सीमा खोल्ने भएको छ । तर भुटान देशमा आउने विदेशी पर्यटकसँग ‘दिगो विकास शुल्क’ का रुपमा प्रत्येक व्यक्तिले प्रत्येक दिन २ सय अमेरिकी डलर लिने भएको फाइनान्सियल टाइम्सले जनाएको छ । 

भुटानको परम्परागत संस्कृतिमाथिको प्रभावलाई सीमित गर्ने तथा अधिकतम आर्थिक लाभका लागि ‘उच्च मूल्य, कम संख्या’ पर्यटनलाई प्रोत्साहित यो अवधारणा ल्याइएको हो । 


लामो समयदेखि तुलनात्मक रूपमा अन्य देशभन्दा फरक रहेको भुटानले सन् १९७४ मा मात्र पहिलो पर्यटकलाई भ्रमणका लागि अनुमति दिएको थियो भने देशमा सन् १९९९ मा मात्र टेलिभिजन हेर्ने प्रावधान ल्याएको थियो । 

भुटानका विदेश मन्त्री तथा पर्यटन परिषद्का अध्यक्ष टान्डी दोर्जीले कोभिडले पर्यटन क्षेत्रका बारेमा पुनः विचार गर्ने समय दिएको बताउँदै यसको आर्थिक फाइदामात्र नभएर सामाजिक तथा कम कार्वन उत्सर्जनका विषयमा समेत विचार गर्ने अवसर प्रदान गरेको उल्लेख गरे । 

उनले दिर्घकालिन लक्ष्य भनेको पर्यटकका लागि उच्च स्तरको अनुभव प्रदान गर्ने तथा पर्यटनमा लागेका आफ्ना नागरिकलाई राम्रो आम्दानी गर्न सकुन भन्ने रहेको समेत बताए । 

सरकारले उक्त शुल्क कार्वन उत्सर्जनलाई कम गर्नका लागि वृक्षा रोपन  गर्न तथा हाइड्रोपावर, विद्युतीय सवारी साधान  तथा पर्यटनसम्बन्धि योजनामा लगानी गर्न प्रयोग गरिने जनाएको छ । 
 


Author

थप समाचार
x