विश्व

नितिश कुमारले बिहारमा पुनः मुख्यमन्त्रीको सपथ लिँदै

इकागज |
साउन २५, २०७९ बुधबार ६:२६ बजे

नयाँ दिल्ली - मंगलबार बिहारको मुख्यमन्त्रीबाट राजीनामा दिएका नितिश कुमारले आज (बुधबार) पुनः मुख्यमन्त्रीको सपथ लिने भएका छन् । उनले मंगलबार भाजपा गठबन्धनबाट अलग भएको घोषणा गर्दै पदबाट राजीनामा दिएका थिए । 

उनले भाजपाबाहेक जेडीयू र अन्य साना दलहरूको सहयोगमा बन्ने महागठबन्धनका तर्फबाट मुख्यमन्त्री बन्ने भारतीय सन्चार माध्यमहरूले जनाएका छन् ।  
९ वर्षमा दोस्रोपटक नितिश भाजपा गठबन्धनबाट बाहिरिएका हुन् । आफ्ना पार्टीका सांसदहरूसँगको छलफलपछि गठबन्धनबाट बाहिरिने निर्णय गरेको उनले बताएका छन् । एजेन्सी



Author

थप समाचार
x