विश्व

इरानले बोल्टनको हत्या गर्ने षडयन्त्र रच्यो : अमेरिका

इकागज |
साउन २६, २०७९ बिहिवार ७:४७ बजे

न्युयोर्क- अमेरिकी न्याय मन्त्रालयले ह्वाइट हाउसका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको हत्या योजना गर्ने इरानी षड्यन्त्रको पर्दाफास गरेको इस्लामिक रिभोलुसनरी गार्ड कोर्पस्का एक सदस्यविरुद्ध आरोप लगाएको छ ।

न्याय मन्त्रालयले मेहदी रेजायीसमेत भनिने ४५ वर्षीय  शाहराम पोरसाफीले संयुक्त राष्ट्रका लागि पूर्वअमेरिकी राजदूतसमेत रहेका बोल्टनको हत्या गर्न संयुक्त राज्य अमेरिकामा एक व्यक्तिलाई ३ लाख डलर तिर्न प्रस्ताव गरेको दाबी गरेको छ ।


सन् २०२० को जनवरीमा इराकमा शीर्ष गार्ड कमण्डर कासिम सुलेमानीको अमेरिकी हत्याको बदलाा उक्त षडयन्त्र रचिएको मन्त्रालयले जनाएको छ । एजेन्सी


Author

थप समाचार
x