विश्व

क्राइमियाको रुसी सैनिक अखडामा विस्फोट

इकागज |
साउन २६, २०७९ बिहिवार १५:४० बजे

काठमाडौंँ– करिब ५ महिनादेखिदेखि युक्रेनमा आक्रमण जारी राखेको रुसी क्षेत्रमा श्रृङ्खला बद्ध विस्फोट भएको छ। रुसको पश्चिमी क्षेत्र क्राइमियामा श्रृङ्खलाबद्ध बम बिस्फोट भएको हो। सो क्षेत्रमा भएको विस्फोटले एयरबेसमा व्यापक क्षति पुगेका स्याटेलाइट तस्बिरहरु सार्वजनिक भएको बिबिसीले उल्लेख गरेको छ ।  रुसद्धारा शासित क्राइमियाको पश्चिममा रहेको साकी बेसमा भएको सो शृङ्खलाबद्ध विस्फोटमा परी एक जनाको मृत्यु भएको छ । हालसम्म युक्रेनले भने यसको जिम्मेवारी लिएको छैन ।

बिस्फोटनमा आगोबाट निस्केको पृथ्वीको जलेको जस्तो देखिने तस्बिरहरू प्लानेट ल्याब्सले सार्वजनिक गरेको छ ।  हालसम्म यस विस्फोटनबाट के-कति क्षति भयो भन्ने खुल्न नसकेको बताइएको छ ।


उता रुसले भने एक गोला बारुद पसलमा आगलागी हुँदा विस्फोट भएको दाबी गरेको छ । युक्रेनको वायुसेनाले करिब एक दर्जन रुसी लडाकु विमान ध्वस्त भएको बताए पनि रुसले विमानमा कुनै क्षति नभएको जनाएको छ ।  घटनापछि रुसको रक्षा मन्त्रालयले गोलाबारुद विस्फोट भएको बताए पनि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

रुसको सरकारी समाचार संस्था रियाले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै विस्फोटबाट गोलाबारुद भण्डारमा आगजनी नभएको उल्लेख गरेको छ। मस्कोले सन् २०१४ मा युक्रेनबाट टुक्राएको द्वीप रुसीहरूका लागि लोकप्रिय पर्यटकीय गन्तव्य हो। सामाजिक सञ्जालमा राखिएको एउटा भिडिओमा पनि समुन्द्रको तटमा रहेका पर्यटकहरू नजिकै धुवाँ उठेपछि भागिरहेको देखिन्छ।


 


Author

थप समाचार
x