विश्व

अमेरिकी राष्ट्रपति बाइडनका छोराको इमेल ह्याक गरेर अश्लील फोटो सार्वजनिक

इकागज |
चैत २९, २०७७ आइतबार ११:६ बजे

काठमाडौँ : अमेरिकी राष्ट्रपति जो बाइडनका छोरा हन्टर वाइडनबारे बेलायती पत्रिका डेली मेलले ‘सनसनीपूर्ण’ अनुसन्धनात्मक लेख प्रकाशित गरेको छ । हन्टर सन् २०१३ देखि २०१६ सम्म लागूपदार्थ दुर्व्यसनमा परेका मात्र थिएनन, ब्रथेल्स जाने, र महँगो गाडीमा लाखौँ डलर खर्च गरेको खुलासा भएको छ । 

करिब ६ मिलियन डलर उनले तीन वर्षमा खर्च गरेको खुलासा बेलायती पत्रिकाले गरेको हो । हन्टरको इमेल नै ह्याक गरेर डेलीमेडलले त्यस्तो जानकारी बाहिर ल्याएको हो । लन्डनबाट प्रकाशित हुने उक्त पत्रिकाले व्यवसायिक ह्याकरमार्फत मेल ह्याक गरेको हो ।


हन्टरको इमेल अध्ययनबाट नै यति धेरै जानकारी बाहिर आएको हो । उनीमाथि कर छलीको छानविनसमेत अमेरिकी सरकारले गरिरहेको छ । त्यसमा उनी दोषी ठहर भए जेल जानेछन् । ३५ वर्ष जेल र पाँच अर्बभन्दा बढी अमेरिकी डलर जरिवाना हुनेछ । डेली मेलले सम्बन्धित निकायलाई जानकारी दिएर नै शंकास्पदहरूको डेढ लाखभन्दा बढी इमेल ह्याक गरेको छ । जसबाट यस्ता कुराहरु बाहिर ल्याएका हुन ।

अमेरिकी छानविन निकायले उनलाई दोषी ठहर गरेमा पिता राष्ट्रपति भए पनि उनी जेल जानुपर्ने हुन्छ । हन्टरमाथि बैंकको ऋण नतिरेको र कतिपय ऋणमा ढिलाई गरेको आरोप पनि छ । उनले छोरीको पढाईका लागि राखेको रकमसमेत झिकेर प्रयोग गरेको पनि खुलेको छ । हन्टरको इमेललाई आधार बनाउँदा उनले महंगा गाडी र पानीजहाज खरिद गरेको तथा यौनकर्मी महिलासँग ‘निर्वस्त्र’ देखिएका फोटोहरू पनि डेली मेलको समाचारमार्फत सार्वजनिक भएका छन् ।

हन्टरले युक्रेनी महिलालाई दुई लाख डलरको भित्री वस्त्र एकै क्रेडिट कार्डबाट तिरेको समेत देखिन्छ । अनि अन्य महिलाहरूसँग भएको केही घटनाहरूको बारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको पनि डेली मेलले आफ्नो समाचार उल्लेख गरेको छ । डेलीमेलले यौनकर्मी महिलाहरूसँग निर्वस्त्र भएर यौनसम्पर्कमा लिप्त रहेका हन्टरका फोटो पनि सार्वजनिक गरिदिएको छ ।

राष्ट्रपति बाइडनका एक छोरी र श्रीमतीको कार दुर्घटनामा मृत्यु भए पनि दुई छोरा त्यस घटनमा बाँच्‍न सफल भएका थिए । उनले जेठो छोरा जोसेफलाई राष्ट्रपतिको रुपमा हेरेका थिए ।

तर २०१५ मा ब्रेन क्यान्सरबाट जेठो छोराको निधन भयो । उनका भाइ हुन्, हन्टर  । हन्टर यस्तो अवस्थाले अमेरिकी राष्ट्रपति जो वाइडन पक्कै दुखी छन । यद्यपि पछिल्लो श्रीमतीबाट जन्मेको छोरी र श्रीमतीको साथ र अथक लगनले उनी आफूलाई सम्हाल्दै अमेरिकी राष्ट्रपतिसम्म बन्‍न सफल भएका हुन् ।  (डेली मेलबाट) 


Author

थप समाचार
x