विश्व

अस्ट्रेलियाको क्यानबेरा विमानस्थलमा गोली चल्यो

इकागज |
साउन २९, २०७९ १४:५२ बजे

फाइल फोटो

क्यानबेरा - सिड्नी–अस्ट्रेलियाको क्यानबेरा विमानस्थलमा टर्मिनलभित्र गोली चलाउने एक बन्दुकधारीलाई पक्राउ गरिएको छ । आइतबार दिउँसो भएको गोलीकाण्डपछि एक जनालाई नियन्त्रणमा लिएको र एउटा बन्दुक बरामद गरिएको क्यानबेरा प्रहरीले जनाएको छ । 

गोलीकाण्डमा कोही पनि घाइते भएका छैनन् । गोली प्रहार गरेपछि विमानस्थलका केही भाग लकडाउन गरिएको थियो भने केही क्षेत्र खाली गरिएको थियो । त्यस्तै, विमान ग्राउन्डेड गरिएका थिए । घटनालाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


‘एक जनालाई कारागार चलान गरिएको छ र एक जनालाई हिरासतमा लिई एक थान भरुवा बन्दुक बरामद गरिएको छ । 


Author

थप समाचार
ad
x