विश्व

इरानकाे स्पष्टीकरण : सलमान रुस्दीका आक्रमणकारीसँग कुनै सम्बन्ध छैन

एजेन्सी |
साउन ३०, २०७९ सोमबार १६:९ बजे

फाइल तस्बिर

तेहरान- इरानले सलमान रुस्दीका आक्रमणकारीसँग कुनै सम्बन्ध नभएको जनाएको छ । बरु, उसले रुस्दीलाई दोषारोपण गरेको छ । ७५ वर्षीय रुस्दी शुक्रबार न्युयोर्क राज्यमा आयोजित एक कार्यक्रममा छुरा प्रहारमा परेका थिए । उनको उपन्यास 'दी सटानिक भर्सेस'लाई लिएर उनीमाथि मृत्युदण्डको सजाय आएको थियो । 

यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले इरानी सञ्चार माध्यमहरूले आक्रमणमा खुसी प्रकट गरेको जनाउँदै त्यसलाई निन्दनीय बताएका थिए । 


इरानको विदेश मन्त्रालयका प्रवक्ता नसिर कनानीले तेहरानले ‘स्पष्ट रूपमा’ आक्रमणसँग कुनै पनि सम्बन्धलाई अस्वीकार गर्दै इस्लामिक गणतन्त्र इरानलाई आरोप लगाउने अधिकार कसैसँग नभएको बताए । अभिव्यक्ति स्वतन्त्रताको नाममा धर्मको अपमान गर्नुको औचित्य नभएको उनले बताए ।

‘यस आक्रमणमा हामी सलमान रुस्दी र उनका समर्थकबाहेक अरू कसैलाई दोष र निन्दाको योग्य मान्दैनौ,' प्रवक्ताले तेहरानमा आफ्नो साप्ताहिक पत्रकार सम्मेलनमा भने ।


Author

थप समाचार
x