विश्व

पाकिस्तानमा बाढीको कहरः अन्तर्राष्ट्रिय सहयोगका लागि सरकारको अपिल

एजेन्सी |
भदौ १२, २०७९ आइतबार ११:३८ बजे

इस्लामाबाद- बाढीले देशैभर विनाश गरेपछि पाकिस्तानले थप अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।

अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्सलगायतका देशले इस्लामाबादलाई सहयोग गरेका छन् । तर, बाढीग्रस्त पाकिस्तानलाई अझै धेरै सहयोग आवश्यक परेको गृह मन्त्रालयले जनाएको छ । बाढीका कारण १ हजारभन्दा बढी मानिस विस्थापित भएको मन्त्रालयका अधिकारी सलमान सुफीले बीबीसीलाई बताए । 


पाकिस्तानको सरकारले जनतालाई मद्दत गर्न सम्भाव्य सबै कदम चालेको उनले बताए । देशको उत्तर-पश्चिममा, खैबर पख्तुनख्वा प्रान्तमा नदीको प्रवाह बढेपछि हजारौँ मानिसहरू विस्थापित भएका छन् ।

‘हामीले वर्षौँको मिहिनेतले बनाएको घर हाम्रो आँखा अगाडि डुब्न थाल्यो,’ २३ वर्षीय जुनैद खानले एएफपीलाई भने, ‘हामी सडकको छेउमा बसेर घर डुबिरहेको हेर्यौँ ।’ देशको दक्षिण-पूर्वी सिन्ध प्रान्त पनि नराम्ररी प्रभावित भएको छ । हजारौँ आफ्नो घरबाट विस्थापित भएका छन् ।


Author

थप समाचार
x