विश्व

भारतमा एकै दिन १ लाख ६१ हजार जनामा कोभिड संक्रमण

इकागज |
चैत ३१, २०७७ मंगलबार २०:२२ बजे

नयाँदिल्ली : भारतमा एकैदिन १ लाख ६१ हजार जना कोभिड-१९ संक्रमण देखिएको छ । गत २४ घण्टामा भारतमा १ लाख ६१ हजार ९१२ जनामा संक्रमण देखिएको हो । यो संख्या भारतमा कोभिड सुरु भएयताकै धेरै मध्येमा पर्दछ । 

भारतमा हिजो मात्र पनि १ लाख ६८ हजार जनामा कोभिड संक्रमण भएको थियो । पछिल्ला केही दिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । यो तथ्या‌कले भारतमा नयाँ स‌ंक्रमितको सख्या दैनिक रूपमा बढ्दै गएको देखाएको छ । यहाँ मृत्यु हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । 


त्यसैगरी भारतमा गएको २४ घन्टा यता ८७९ जनाको संक्रमणबाट मृत्यु भएको छ । यो समेत गरी यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७१ हजार नाघेको छ । कोरोना सुरु भएयता हालसम्म भारतमा एक लाख ७१ हजार ५८ जनाको मृत्यु भएको केन्द्रीय सरकारले मंगलबार जानकारी दिएको छ ।

गएको आइतबार मात्र भाइरस सङ्क्रमणको कारण ९०४ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यसवर्ष शुरु भएपछि हालसम्मको तथ्यांकलाई हेर्दा यो संख्या सबैभन्दा उच्च हो । भारतका कुल सङ्क्रमितको संख्या १ करोड ३६ लाख भन्दा बढी भएको जनाइएको छ । 

भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ४५ लाख २८ हजार ६६५ व्यक्तिहरु खोप लगाइसकेका छन् ।  (रासस)
 


Author

थप समाचार
x