विश्व

हाइटीको विदेशमन्त्री अन्तरिम प्रधानमन्त्रीमा नियुक्त

इकागज |
बैशाख ३, २०७८ शुक्रबार ६:३७ बजे

हाइटीका राष्ट्रपति जोभेनेल मोइसेले बुधबार विदेशमन्त्री क्लाउड जोसेफलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति मोइसेले प्रधानमन्त्री जोसेफ जौथे दिएको राजीनामा स्वीकारपछि क्लाउडलाई नियुक्ति दिएका हुन् । मोइसे ट्विटरमार्फत अब सार्वजनिक सुरक्षाको स्पष्ट समस्यालाई सम्बोधन गर्न सम्भव हुने र देशको राजनीतिक र संस्थागत स्थायित्वका लागि आवश्यक सहमतिमा पुग्‍नुको लागि छलफललाई जारी राख्‍ने बताएका छन् ।

विशेषगरी हाइटीको राजधानी पोर्ट-ओ-प्रिन्समा अपहरण र हत्याको अपराधको बढीरहेको यो अवस्थामा प्रधानमन्त्री जौथे जोसेफले राजीनामा दिएका हुन् । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले हाइटीमा भएका राजनैतिक र अन्य धेरै संकटहरूको बारेमा गहिरो चिन्ता व्यक्त गरेको छ । सरोकारवालाहरुलाई आफ्नो मतभिन्नतालाई हटाई सन् २०२१ मा स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय राष्ट्रपति चुनावको तयारी गर्न आग्रह समेत गरेको छ । 


क्यारिबियन यस देश लामो राजनीतिक गतिरोधमा फसेको छ ।  तर विपक्षीले सरकारसँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ । यद्यपी विपक्षीलाई हटाई र दुई वर्षको संक्रमणकालीन सरकारको स्थापनाको माग गर्दै आएको छ । (सिन्ह्वा)


Author

थप समाचार
x