विश्व

इन्डोनेसियाको सुनखानीमा पहिरो जाँदा २० जना पुरिए

इकागज |
असोज १, २०७९ शनिबार १४:३३ बजे

जाकार्ता । इन्डोनेसियाको पश्चिम कालिमान्तान प्रान्तमा रहेको सुन खानीमा पहिरो जाँदा २० जना खानी कामदारहरू पुरिएका छन्, ।    

घटना बिहीबार राति बेङ्कायाङ जिल्लाको किनन्दे गाउँमा भएको भए पनि सो बारे जानकारी प्रादेशिक खोज तथा उद्धार कार्यालयका उद्धारकर्तालाई शुक्रबार राति मात्र प्राप्त भएको थियो ।    


"हामीले शुक्रबार राति जानकारी पायौं र तुरुन्तै घटनास्थलमा कर्मचारीहरू तैनाथ गर्यौं," उद्धार कार्यालयका प्रमुख एरिक सुबर्यान्टो ले भनेका छन् । विगत केही दिनदेखि परेको अविरल वर्षा, दुर्गम स्थान र कमजोर सञ्चार सुविधाका कारण उद्धार कार्यमा बाधा पुगेको अधिकारीले बताएका छन् ।    

खानी क्षेत्रमा खोज तथा उद्धार कार्यमा सैनिक, स्थानीय विपद् व्यवस्थापन तथा न्यूनीकरण निकायका कर्मचारी र गाउँले पनि संलग्न रहेको उनले जानकारी दिएका छन् । (रासस-सिन्ह्वा)   
  


Author

थप समाचार
x