चिनियाँ राष्ट्रपति सी, यूरोपेली नेताबीच कार्बन उत्सर्जन नियन्त्रण बिषयमा छलफल
चीन : चीनका राष्ट्रपति सी चिनफिङ, जर्मन चान्सलर एन्गेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँबीच शुक्रबार ‘भर्चुअल’ बैठकमार्फत् कार्बन उत्सर्जन नियन्त्रण बिषयमा छलफल भएको छ ।
उक्त अवसरमा सीले चीन कार्बन उत्सर्जनको वचनलाई पालना गरी फ्रान्स र जर्मनीसँग जलवायु परिवर्तन विषयबारेमा सहकार्य गर्न तत्पर रहेको बताउनुभएको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।
कुराकानीका क्रममा चिनियाँ नेता सीले जलवायु परिवर्तनको सामना गर्ने सारा मानवजातिको साझा कार्य भएको र भूराजनीतिक रस्साकस्सी, अरू देशमाथि आक्रमणको तारो वा व्यापार अवरोधको निहुँ मात्र हुन नहुने बताएका छन् ।
उनले चीनले वैदेशिक खुलापनलाई अरू बढाउनमा जोड दिएको छ भने युरोपले चीनसँग हरित, डिजिटललगायत विभिन्न क्षेत्रका सहयोगलाई बढाउनसक्ने इच्छा लिएको बताए ।
त्यसैगरी फ्रान्सका राष्ट्रपति इम्मानुयले उक्त भेटमा म्याक्रोँले फ्रान्स चीनसँग फ्रान्स–चीन र युरोप–चीन आर्थिक सम्बन्धको अरू विकासलाई बढाएर अफ्रिकासँग पनि मिलेर हरित विकास गर्न चाहेको बताएका छन् ।
त्रीपक्षीय कुराकानीमा जर्मनीका चान्सलर एन्गेला मर्केलले जर्मनी, फ्रान्स र चीनले मिलेर जलवायु परिवर्तनको सामना गर्नु निकै महत्वपूर्ण भएको भन्दै युरोपले चीनसँग नैतिक सम्पर्क बढाउने इच्छा लिएको उल्लेख गरे । (सिन्ह्वा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया