विश्व

मोदी र किसिदाबीच भेटवार्ता

इकागज |
असोज १२, २०७९ १०:३१ बजे

टोकियो- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री फुमियो किसिदाबीच भेटवार्ता भएको छ । दिवंगत नेता सिन्जो आबेको अन्तिम संस्कारका क्रममा जापान भ्रमणमा रहेका प्रधानमन्त्री मोदीको जापानी समकक्षीसँग भेटवार्ता भएको हो । दुई नेताबीच साझा चासो, दुई पक्षीय हित र सरोकारका विषयमा छलफल भएको थियो । 

आबेको अन्तेष्टिमा सहभागी हुन विश्वका नेता र विशिष्ट व्यक्ति टोकियो पुगेका थिए । सर्वसाधारणको चौतर्फी विरोधबीच आबेको राजकीय अन्तेष्टि सम्पन्न भएको छ । आबेको गत जुलाई ८ मा जापानको नारा सहरमा एक चुनावी सभालाई सम्बोधन गर्ने क्रममा गोली हानेर हत्या भएको थियो । उनी ७६ वर्षका थिए । एजेन्सी
 



Author

थप समाचार
ad
x