विश्व

तान्जनियामा ६० हजार कुकुरलाई रेविजविरुद्धको खोप

इकागज |
असोज १२, २०७९ बुधबार २०:३८ बजे

तान्जनिया- तान्जनियामा झण्डै ६० हजार कुकुरलाई रेविजविरुद्धको खोप लगाइने भएको छ । 
  
देशभरी आगामी एक हप्तामा त्यति धेरै खोप लगाउने योजना बनाइएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।  

पशुपक्षी मन्त्री माशिम्बा एनडाकीले ती खोप सबै निःशुल्क वितरण गरिएको र लगाउने कार्य सुरु भइसकेको जानकारी दिए । 


उनका अनुसार रेविजविरुद्धको खोप कुकुरका पालकहरूलाई वितरण गरिएको छ भने सार्वजनिक स्थलमा रहेको कुकुरका लागि छुट्टै व्यवस्था गरिएको छ । 

देशभरी रेविजबाट बिरामी भएकाहरूको सङ्ख्या बढ्दै गएका नियन्त्रण गर्न खोप अभियान चलाइएको उनको भनाइ छ ।

'अहिले हाम्रा पशु स्वास्थ्य अधिकारीहरू कुकुरहरूलाई खोप लगाउनका लागि देशभरी नै खटिएका छन्,' उनले भने । यो कार्य आगामी अक्टोबर २ सम्ममा सम्पन्न गर्ने योजना रहेको उनले बताए । 

रेविज रोगले धेरै मानिसको मृत्यु पनि भएकाले आफ्ना कुकुरलाई रेविजविरुद्धको खोप लगाउनै पर्ने बाध्यकारी व्यवस्था सबै कुकुर पालकहरूलाई गराइएको छ । 

उनका अनुसार तान्जनियामा वार्षिक रूपमा १५ सय जनाको मृत्यु रेविजका कारण हुने गरेको देखिएको छ । सिन्ह्वा


Author

थप समाचार
x