विश्व

लुटिएको एक हजार वर्ष पुरानो पाण्डुलिपि फिर्ता

इकागज |
असोज १६, २०७९ आइतबार १६:३२ बजे

काठमाडौँ- प्रथम विश्वयुद्धका क्रममा लुटिएका एक हजार वर्ष पुरानो पाण्डुलिपि ग्रिकको मोनास्ट्री (मठ) लाई फिर्ता गरिएको छ । सीएनएनले जनाए अनुसार सोही मोनास्ट्रीबाट करिब एक शताब्दी अघि उक्त पाण्डुलिपि चोरी भएको थियो ।

सन् २०१४ मा उक्त पाण्डुलिपि प्राप्त गरेको म्युजियम अफ बाइबलले जारी गरेको प्रेस विज्ञप्ती अनुसार उक्त पाण्डुलिपि हातले लेखिएको सबै भन्दा पुरानो मध्येको एक रहेको छ ।


इटालीको एक ग्रिक मोनास्ट्रीमा १० औँ शताब्दीको अन्त्य तथा ११ औँ शताब्दीको सुरुवातमा लेखिएको म्युजियम अफ बाइबलले जनाएको छ ।

तर १४ औँ तथा १५ औँ शताब्दीको मध्यतिर उक्त पाण्डुलिपि ग्रिसको कोसिनिजा मोनास्ट्रीमा लगिएको थियो ।

तर पहिलो विश्व युद्धका क्रममा बुल्गेरियाको सेनाले ग्रिसमाथि आक्रमण गरेको समयमा सेनाले उक्त पाण्डुलिपि लुटेका थिए । उनीहरुले ४ सय भन्दा बढी महत्वपूर्ण पुस्तक, बस्तु तथा पैसा लुटेका थिए ।

तीमध्ये अधिकांश युरोपमा बेचिएपनि अन्त्यमा अमेरिकी संग्रहालयमा पुगेको थियो । उक्त पाण्डुलिपि म्युजियम अफ बाइबललाई दान गरिएको थियो ।


Author

थप समाचार
x