विश्व

थाइल्यान्डमा बन्दुकधारीले आक्रमण गर्दा ३४ जनाको मृत्यु

इकागज |
असोज २०, २०७९ बिहीबार १५:३६ बजे

काठमाडौँ- थाइल्यान्डमा एक बन्दुकधारीले बालबालिका हेरचाह केन्द्रभित्र गोली प्रहार गर्नुका साथै चक्कले आक्रमण गरी कम्तिमा ३४ जनाको हत्या गरेका छन् । मारिनेमा बालबालिका समेत रहेको बीबीसीले जनाएको छ ।

अन्त्यमा उनले आफ्नो परिवार तथा आफूलाई पनि मारेको प्रहरीले जनाएको छ । प्रहरीले बताए अनुसार नोङ बुआ लाम फू प्रान्तमा रहेको बालबालिका हेरचाह केन्द्रभित्र बन्दुक र चक्कु लिएर छिरेका थिए ।


घटनामा अन्य १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार आक्रमणकारी पूर्व प्रहरी हुन् । पान्या कामराब नामक आक्रमणकारीलाई गत वर्ष नै प्रहरीबाट निस्कासन गरिएको थियो ।


Author

थप समाचार
x