फेरि संकटकाल : कोभिडको तेस्रो लहर झेल्दै जापान
एजेन्सी : जापानमा कोभिड-१९ को महामारी तीव्र रुपमा फैलिँदै गएपछि फेरि संटकालको घोषणा गरिएको छ । प्रधानममन्त्री योशिहिडे सुगाले शुक्रबार फेरि संटकालको घोषणा गरेका हुन् ।
देशको केन्द्रीय राजधानी टोकियो र पश्चिमी प्रान्तहरु ओशाका, क्योटो र ह्योगोमा संकटकाल घोषणा गरिएको छ । एसियाली मुलुक जापानमा अहिले तेस्रो पटक संकटकाल घोषणा गरिएको जनाइएको छ । अहिले घोषणा गरिएको सङकटकाल आगामी मे ११ तारिख आइतबारदेखि लागु हुनेछ ।
महामारी थप फैलिन नदिने उद्देश्यले सङ्कटकाल घोषणा गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । जापानमा विशेष महत्वका साथ मनाइने 'गोल्डेन विक होलिडेज' नजिकिँदै गरेकाले त्यतिबेला झन् कोभिड फैलिने स्वास्थ्य अधिकारीहरूको चिन्ता छ ।
बार तथा रेस्टुरेन्टहरूलाई मादक पदार्थ विक्री वितरण नगर्न कडा प्रतिवन्ध लगाइएको छ भने व्यवसायीक ठूला प्रतिष्ठानहरू पनि बन्द गर्न लगाइएको छ । संकटकाल घोषणा गरिएपनि पूर्ण लकडाउन जस्तो भने नहुने अधिकारीहरूको भनाइ छ ।
कोभिड भाइरस फैलिनलाई सहयोगी हुने गतिविधिहरूका लागि मात्रै कडाइ गरिने अधिकारीहरूले बताएका छन् । विषेश गरेर भिडभाड हुन नदिने, सामाजिक दुरी कायम गराउने, मास्क लगाउन अनिवार्य गर्नेलगायतका विषय नै प्राथमिकतामा पारिने उनीहरुले जानकारी दिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया