भारतमा कोभिड-१९ संक्रमण व्यापक
चुनावी अभियान कति जिम्मेवार ? निर्वाचन आयोगले चाल्यो प्रतिबन्धात्मक कदम
भारतमा कोभिड-१९ संक्रमणबाट मृत्यु भएकाहरूको शव दाहसंस्कार गरिँदै । तस्बिर : रोयटर्स
एजेन्सी : कोभिड-१९ को संक्रमण व्यापक रूपमा बढिरहेका बेला भारतमा निर्वाचन आयोगले चुनावी र्याली र सभा आयोजना गर्न रोक लगाएको छ । पछिल्ला हप्ताहरूमा भाइरसको सङ्क्रमण ह्वात्तै बढ्नुमा कतिपय राज्यहरूमा भइरहेका भिडभाडपूर्ण चुनावी अभियानलाईसमेत जिम्मेवार ठानिएका कारण निर्वाचन आयोगले प्रतिबन्धात्मक कदम चालेको हो ।
भारतका राज्यहरूमा यो वर्ष श्रृंखलाबद्ध चुनाव हुँदैछ । निर्वाचन आयोगले चुनावी अभियानका क्रममा कैयौँ पार्टी र उम्मेदवारहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको जनाएको छ । देश सङ्क्रमणको कठोर मारमा परेका देखिएका बेला भइरहेका त्यस्ता गतिविधिलाई लिएर प्रधानमन्त्रीको समेत चर्को आलोचना भइरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया