विश्व

ग्रेटा थनबर्गसहित ६०० जनाले किन दायर गरे सरकारविरुद्ध मुद्दा ?

इकागज |
मंसिर १०, २०७९ शनिबार ८:२ बजे

स्टकहोम- स्वीडेनमा जलवायु कार्यकर्ता ग्रेटा थनबर्गसहित ६०० भन्दा  बढी युवाहरूले शुक्रबार स्विडेनको राज्यलाई जलवायु निष्क्रियताको आरोप लगाउँदै मुद्दा दायर गरे ।
‘स्वीडिस कानुनी प्रणालीमा यति ठूलो मामिला कहिल्यै भएको थिएन’ मुद्दा दायर गर्ने मध्येकी एक इडा एडलिङ अरोराले बताइन् ।

शुक्रवार शहरमा भएको विरोध प्रदर्शनको क्रममा स्टकहोम जिल्ला अदालतमा प्रतीकात्मक रूपमा पेस गरिएको मुद्दा पहिले इलेक्ट्रोनिक रूपमा अर्को स्टकहोम अदालतमा दायर गरिएको अरोराले बताइन । स्वीडेनको नयाँ दक्षिणपन्थी सरकारले कमजोर जलवायु लक्ष्यहरूको लागि बढ्दो आलोचनाको सामना गरिरहेका बेला सरकारविरुद्ध मुद्दा दायर भएको हो । 


‘जलवायु संकट चिन्ताजनक र डरलाग्दो भएको’ भन्दै आफू   प्रदर्शनमा भाग लिएको १९ वर्षीया विद्यार्थी मोआ विडमार्कले बताइन् । ‘हामी विपत्तितर्फ जाँदैछौँ ’, उनले भनिन् ।

हालैका वर्षहरूमा बढ्दो संख्यामा संगठन र नागरिकहरूले उनीहरूले जलवायुमा सरकारको निष्क्रियता भएको दाबी गर्दै सरकारविरुद्ध अदालतहरूमा मुद्दा दायर गरेका छन् । 

यसैबीच, सन् २०१९ को डिसेम्बरमा  नेदरल्याण्डको सर्वोच्च अदालतले सरकारलाई पर्यावरण समूहले ल्याएको एउटा ऐतिहासिक मुद्दामा २०२० सम्ममा हरितगृह ग्यासहरूलाई कम्तीमा २५ प्रतिशतले घटाउन आदेश दिएको थियो । एजेन्सी
 


Author

थप समाचार
x