विश्व

संसारकै सबैभन्दा ठूलो ज्वालामुखी ४० वर्षपछि पहिलो पटक विस्फोट

इकागज |
मंसिर १३, २०७९ मंगलबार ७:४४ बजे

न्युयोर्क- संसारको सबैभन्दा ठूलो सक्रिय ज्वालामुखी हवाईको मौना लो करिब ४० वर्षमा पहिलो पटक विस्फोट भएको छ । विस्फोटको संकेत पाएपछि आपतकालीन दलहरू सोमबार बिहानै अलर्टमा रहेका अमेरिकी अधिकारीहरूले बताए ।

विष्फोटले नजिकैका बासिन्दाहरूलाई खतरा हुन सक्ने अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)ले अलर्ट गरेको थियो । हवाई ज्वालामुखी राष्ट्रिय निकुञ्जभित्र विस्फोट भएको लगभग १५ मिनेटपछि मौना लो विस्फोट भएको थियो । ‘अहिले लाभाको प्रवाह चुचुरोको क्षेत्रभित्र सीमित छ र यसले तल बस्ने समुदायलाई जोखिम पुर्‍यायाएको छैन’ युएसजीएसले एउटा वेबसाइटमा भनेको छ । वरपरका वासिन्दाले तयारी प्रक्रियाबारे समिक्षा गर्नुपर्ने पनि सो संस्थाले जनाएको छ ।  एजेन्सी
 



Author

थप समाचार
x