विश्व

भियतनामको जनसङ्ख्या सन् २०२३ मा १०० मिलियन पुग्‍ने

इकागज |
मंसिर १४, २०७९ बुधबार ७:२१ बजे

हनोई- भियतनामको जनसङ्ख्या सन् २०२३ मा १००  पुग्ने प्रक्षेपण गरिएको छ ।  स्थानीय सञ्चार माध्यमले मङ्गलबार  सार्वजनिक गरेको  जनाकारि अनुसार  हाल यहाँको जनसङ्ख्या अहिले ९९ मिलियन भन्दा बढी छ ।

देशको यो जनसङ्ख्या  विश्वको १५ औँ सबैभन्दा धेरै जनसंख्या भएको देशमा पर्दछ।  एसियामा ८ औँ र दक्षिणपूर्वी एसियामा तेस्रो धेरै जनसङ्ख्या भएको देश हो ।


भियतनाममा १५-४९ वर्षका लगभग २५ मिलियन महिलाहरू बच्चा जन्माउने उमेरका  रहेको तथ्याङ्कमा देखाइएको छ ।  

सन् २०३० सम्ममा यो सङ्ख्या २६ मिलियनसम्म पुग्ने अपेक्षा गरिएको  छ । (सिन्ह्वा)


Author

थप समाचार
x