विश्व

अफगानिस्तानमा शक्तिशाली विस्फोट, १६ जनाको मृत्यु

इकागज |
मंसिर १५, २०७९ बिहिवार ७:५६ बजे

इस्लामाबाद - अफगानिस्तानको उत्तरी सहर अयबाकमा रहेको एउटा मदरसामा भएको विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएका छन् । गत वर्ष अगस्टमा तालिबान सत्तामा फर्किएपछि सर्वसाधारणलाई लक्षित गरी दर्जनौं विस्फोट र आक्रमणहरू भएका छन् । अधिकांश आक्रमणको जिम्मा इस्लामिक स्टेट (आईएस) समूहले लिएको छ ।

राजधानी काबुलबाट करिब २०० किलोमिटर (१३० माईल) उत्तरमा रहेको अयबाकका एक डाक्टरले मारिनेमा अधिकांश युवा रहेको बताए । ‘उनीहरू सबै बालबालिका र साधारण मानिस हुन्’ ती चिकित्सकको भनाइ उद्धृत गर्दै  एएफपीले जनाएको छ ।


एक प्रान्तीय अधिकारीले इस्लामिक धार्मिक विद्यालय अल जिहाद मदरसामा विष्फोट भएको पुष्टि गरे ।  बारम्बार हताहतको तथ्यांक घटाउने तालिबानले १० विद्यार्थीको मृत्यु भएको र कयौँ घाइते भएको जनाएको छ । एजेन्सी

 

 


Author

थप समाचार
x