विश्व

माल्टाका प्रत्येक पाँचमध्ये एक व्यक्ति गरिबीको जोखिममा

इकागज |
मंसिर १७, २०७९ शनिवार ९:१ बजे

भलेट, माल्टा- सन् २०२१ सम्ममा माल्टाको निजी परिवारमा बसोबास गर्ने अनुमानित २०.३ प्रतिशत जनसङ्ख्या गरिबी वा सामाजिक बहिष्करणको जोखिममा रहेको राष्ट्रिय तथ्याङ्क कार्यालय (एनएसओ) ले बिहीबार जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२० मा यो सङ्ख्या १९.९ प्रतिशत थियो । एनएसओले भनेको छ, “यदि व्यक्तिहरू गरिबीको जोखिममा, गम्भीर भौतिक र सामाजिक रूपमा बञ्चित, वा धेरै कम कामको तीव्रता भएका परिवारहरूमा बाँचिरहेका छन् वा यी अवस्थाहरूमध्ये कम्तिमा एकमा छन् भने उनीहरू गरिबी वा सामाजिक बहिष्करणको जोखिममा छन् । 


सन् २०२१ का लागि, राष्ट्रिय समतामूलक आयको ६० प्रतिशतमा निर्धारण गरिएको गरिबीको जोखिमको थ्रेसहोल्ड खश हजार २२२ युरो (१० हजार ७३७ अमेरिकी डलर) गणना गरिएको थियो ।  

निजी परिवारमा बसोबास गर्ने जनसङ्ख्यामध्ये १६.९ प्रतिशत गरिबीको जोखिममा रहेको अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा अपरिवर्तित रहेको छ ।

एनएसओले जनसङ्ख्याको ५.४ प्रतिशत गम्भीर भौतिक र सामाजिक रूपले वञ्चित व्यक्तिहरू रहेका बताएको छ । यदि कुनै ब्यक्तिले जीर्ण फर्निचर र जीर्ण लुगाहरू वा नियमित रूपमा गरिने अवकाश गतिविधिहरू प्रतिस्थापन गर्ने क्षमताजस्ता १३ भौतिक र सामाजिक अभावका वस्तुहरूमध्ये कम्तिमा सात वस्तुहरू किन्न सक्दैनन् भने उनीहरूलाई गरिबी वा सामाजिक बहिष्करणको सूचीमा पर्छन् । 

यसले सन् २०२० को तुलनामा ०.३ प्रतिशत बिन्दुको वृद्धिलाई प्रतिनिधित्व गरेको छ ।    सन् २०२१ मा कम कामको तीव्रता भएका जनसङ्ख्याको हिस्सा ४.१ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशत बिन्दुले कम हो । (सिन्ह्वा)


Author

थप समाचार
x