विश्व

गुजरात विधान सभा निर्वाचनमा मोदीकी १०० बर्षीया आमाले गरिन् गान्धीनगरबाट मतदान

इकागज |
मंसिर १९, २०७९ सोमबार १६:२ बजे

काठमाडौँ - प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेन मोदीले गुजरात विधानसभा चुनावको दोस्रो चरणका लागि सोमबार मतदान गरेकी छिन् । ।

सय वसन्त पार गरेकी हीराबेनले गान्धीनगरको रायसन प्राथमिक विद्यालयमा मतदान गरेकी हुन् । साथै, भारतीय प्रधानमन्त्री मोदीले अहमदाबादको निशान पब्लिक स्कुलमा मतदान गरेका छन् । यसैबीच, प्रधानमन्त्री मोदीले आइतबार आफ्नी आमा हीराबेनलाई गान्धीनगरस्थित उनको निवासमा भेटेका थिए ।


भेटमा लिएको एक तस्वीरमा प्रधानमन्त्री मोदीले आफ्नी आमाको खुट्टा ढोगेको देखिएको छ । प्रधानमन्त्री मोदीले आइतबार आफ्नी आमाको छेउमा बसेर साँझको चिया पनि लिभएका थिए । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमा हीराबेनको १०० औं जन्मदिनको अवसरमा गत जुन १८ मा पनि छोटो भेट गरेका थिए । रासस 


Author

थप समाचार
x