विश्व

जापानको ज्यालामा सन् २०१५ यताकै सबैभन्दा ठूलो गिरावट

इकागज |
मंसिर २०, २०७९ मगलवार २१:५७ बजे

जापान - जापानको मुद्रास्फीति अक्टोबरमा समायोजित वास्तविक ज्यालादर एक वर्ष अघिको तुलनामा २.६ प्रतिशतले घटेको देखिएको छ । जुन सन् २०१५ जुन पछिको सबैभन्दा ठूलो गिरावट हो ।

श्रम मन्त्रालयले मंगलबार प्रारम्भिक प्रतिवेदन जारी गर्दै सो गिरावट सार्वजनिक गरेको छ । प्रारम्भिक तथ्यांकले ऊर्जाको बिल र खाद्यान्नको लागतलगायतका उपभोक्ता मूल्यहरू मात्र ज्यालामा बढेको कारण सूचकांक लगातार सातौँ महिना घटेको देखाएको छ ।


अक्टोबरमा प्रति कामदारको कूल ज्याला एक वर्ष अघिको तुलनामा १.८ प्रतिशतले बढेर दुई लाख ७५ हजार आठ सय ८८ येन वा लगभग दुई हजार अमेरिकी डलरमा पुगेको छ थियो ।

बढ्दो मुद्रास्फीतिको सामना गर्न जापानी सरकारले अक्टोबरमा ३९ ट्रिलियन येन (दुई सय ८६ बिलियन–अमेरिकी डलर) को व्यापक आर्थिक प्याकेज अनुमोदन गरेको थियो । 
रासस


Author

थप समाचार
x