विश्व

टर्कीले काठमाडौँमा राजदूतावास स्थापना गर्ने

इकागज |
मंसिर २३, २०७९ शुक्रबार २२:९ बजे

काठमाडौँ - परराष्ट्रमन्त्री डा नारायण खड्का र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुबीच आज दिउँसो टेलिफोन वार्ता भएको छ । 

उहाँहरूबीच भएको वार्तामा निकट भविष्यमा काठमाडौँमा टर्कीको राजदूतावास स्थापना गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 


सो अवसरमा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।
 


Author

थप समाचार
x