विश्व

अफगानिस्तानमा बस पल्टिँदा पाँचको मृत्यु, २८ घाइते

इकागज |
मंसिर २५, २०७९ आइतबार १९:४० बजे

अफगानिस्तान- अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइतबार एक यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य २८ जना घाइते भएका प्रान्तीय प्रहरीले जनाएको छ ।    
    
 प्रान्तीय राजधानी कुन्दुज बाहिर आइतबार बिहान भएको सडक दुर्घटनामा परी महिला र बालबालिकासहित पाँच जनाको मृत्यु हुनुका साथै अन्य २८ जना घाइते भएका हुन् । 
    
प्रान्तीय सूचना तथा संस्कृति प्रमुख मतिउल्लाह रोहानीले दुर्घटनाको पुष्टि गर्दै घाइते यात्रुलाई उपचारका लागि अस्पताल लगिएको जानकारी गराए ।    
    
दुर्घटनाका लागि चालकको लापरबाहीलाई जिम्मेवार ठहर्‍याउँदै रोहानीले सम्बन्धित अधिकारीहरूले राजमार्ग ट्राफिक सुरक्षा सुनिश्चित गर्न कदम चाल्ने बताए ।    
    
पहाडी भूगोल, कमजोर सडक संरचना र चालकहरूद्वारा हुने यातायातका नियम उल्लङ्घनका कारण अफगानिस्तानमा हरेक बर्ष सयौँ यात्रुले अकालमा जीवन गुमाउनेगरेका छन् । (रासस/सिन्ह्वा)   



Author

थप समाचार
x