विश्व

कोभिड-१९ महामारी : भारतलाई सघाउँदै संयुक्त राष्ट्रसंघ

इकागज |
बैशाख १६, २०७८ बिहीबार १७:४९ बजे

एजेन्सी : संयुक्त राष्ट्रंघले कोभिड १९विरुद्धमा लड्न भारतलाई सघाउने संघका प्रवक्ताले बताएका छन् । बुधबार कोभिड १९ को संक्रमणका कारण हाल भारतको अवस्था निकै जटिल भएकोले संयुक्त राष्ट्रंघले यसकाविरुद्धमा सघाउने भएको उनले बताए ।

संयुक्त राष्ट्रंघका विशिष्ठ जनस्वास्थ्य विद्सहितको समूह हाल भारत पुगेको छ । साथै संयुक्त राष्ट्रंघले पनि आवश्यक औषधि तथा स्वास्थ्य उपकरणहरु भारतलाई सहयोग गरिरहेको जनाएको छ ।विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रंघीय बालकोषले भारतका लागि अक्सिजनका लागि आवश्यक उपकरणहरु खरिद गरेर पठाएको बताएका छन् ।


त्यस्तै भारतका अस्पतालहरुमा आवश्यक भेन्टिलेटरहरु पनि पठाइएको संयुक्त राष्ट्रंघले जनाएको छ । यसका साथै विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रंघीय विभिन्न निकायले भारतलाई पिपिइ, पिसिआर परीक्षण गर्ने मेसिनका साथै अरु उपकहरणहरु पनि पठाएको जनाएका छन् । भारतको सबैभन्दा बढी प्रभावित रहेको राज्य महाराष्ट्रका लागि विश्व स्वास्थ्य संगठनले २ हजार ६०० भन्दा बढी स्वास्थ्यकर्मी, चिकित्सकहरु तथा अन्य अधिकारीहरु पठाएको जनाएको छ । ती जनशक्तिको माध्यमबाट विशेषगरी महाराष्ट्रमा घुम्ती अस्पतालहरू राखिएका छन् ।


Author

थप समाचार
x