विश्व

इन्डोनेसियामा फेरि आइपुग्यो चिनियाँ खोप

इकागज |
बैशाख १७, २०७८ शुक्रबार १४:५१ बजे

प्रतिकात्‍मक तस्‍बिर

जकार्ता : चिनियाँ औषधि निर्माता कम्पनीहरूले उत्पादन गरेका कोभिड–१९ विरुद्धका खोपहरू शुक्रबार पुनः इन्डोनेसिया आइपुगेको छ । सञ्चारमन्त्री जोनी प्लेटले शुक्रबार सिनोभ्याक बायोटेक लिमिटेडबाट उत्पादित ६० लाख तथा चाइना नेसनल फर्मास्यूटिकल ग्रुप (सिनोफार्म) ले उत्पादन गरेको ४ लाख ८२ हजार ४०० डोज खोप इन्डोनेसिया आइपुगेको जानकारी दिए ।

इन्डोनेसियाले हालसम्म सिनोभ्याकबाट कूल ६ करोड ५५ लाख डोज खोप प्राप्त गरिसकेको छ । साथै सिनोभ्याक, सिनोफार्म र कोभाक्स सुविधामार्फत अस्ट्राजेनिकाको समेत गरी कूल ८४ लाख ४८ हजार डोज खोप पनि इन्डोनेसिया भित्रिसकेको छ ।


यसैबीच, सिनोफार्मले उत्पादन गरेको खोप स्थानीय भाषामा 'गोटोङ रोयोङ' भनिने एकै समूहलाई लक्षित गरेर दिइने छ । इन्डोनेसियाको खाद्य तथा औषधि नियामक प्रशासन (बिपोम)ले सिनोफार्म खोपलाई हालैमात्र आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । बिपोमका प्रमुख पेन्नी लुकिटोले सिनोफार्मले विकास गरेको कोभिडविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको शुक्रबार जानकारी दिए । रासस


Author

थप समाचार
x