विश्व

कोभिड संक्रमणका कारण बिहारका मुख्यसचिव सिंहको मृत्यु

इकागज |
बैशाख १७, २०७८ शुक्रबार १९:५९ बजे

नयाँ दिल्ली : बिहार राज्यका मुख्य सचिव अरुण कुमार सिंहको कोभिड–१९ सङ्क्रमणबाट निधन भएको छ । संक्रमणपछि स्वास्थ्यमा देखिएका जटिलताका कारण शुक्रबार पटनाको एक अस्पतालमा उनको मृत्यु भएको हो ।

सिंह भारतीय प्रशासनिक सेवा (ओआईएएस) का जो वरिष्ठ अधिकारी थिए । कोरोना भाइरस परीक्षणमा उनमा सङ्क्रमण पुष्टि भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा नै निधन भएको बिहारका मुख्यमन्त्री नीतिश कूमारले बताएका छन् । 


जनता दल युनाइटेडका सर्वोच्च नेता कुमारले राज्यको विधानसभा चुनाव जितेको केही दिनपछि उनी यसै बर्षको फेब्रुअरीमा बिहारको मुख्य सचिवका रूपमा नियुक्त भएका थिए । सन् १९८५ मा अधिकृतमा नाम निकालेका सिंहलाई वरिष्ठ आईएएस अधिकारी दीपक कुमारको ठाउँमा लगिएको थियो । 

बिहारमा हाल एक लाख ८८२ जना कोभिड–१९ को सक्रिय सङ्क्रमित रहेका छन् भने भारतीय यस राज्यमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमणका कारण दुई हजार ४८० व्यक्तिको मृत्यु भइसकेको छ । भारतले बिहीबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्या तीन लाख ८६ हजार ४५२ पुगेका, तीन हजार ४९८ को मृत्यु भएको छ । बिहीबार कोभिड–१९ सङ्क्रमित करिब तीन लाख सङ्क्रमणमुक्त भएका छन् । 


Author

थप समाचार
x