विश्व

अफगानिस्तानमा भएको कार बम विस्फोटमा ३० को मृत्यु

इकागज |
बैशाख १८, २०७८ शनिबार १५:५१ बजे

काबुल : कार बम विस्फोट हुँदा अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । भीडभाड रहेको सडकमा शुक्रबार गराइएको विस्फोटमा परी अरु ७० जना घाइते पनि भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । अफगानिस्तानको पूर्वी लोगार प्रान्तको राजधानी पुल ए अलाममा रहेको प्रान्तीय अस्पताल बाहिर सडकमा विस्फोटनको घटना भएको हो ।
 
स्थानीय समय अनुसार बेलुका ६.५० मा घटना भएको थियो । प्रारम्भीक विवरण अनुसार विस्फोटन भएको कारका चालकले गलत तरिकाले कार चलाएर विस्फोट भएको थियो ।  घटनामा परी मृत्यु हुनेहरूको सङ्ख्यामा बृद्धि हुन सक्ने स्थानीय अधिकारीहरूले सिन्ह्वासँग बताएका छन् । उनीहरूका अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरूको सङ्ख्या बृद्धि हुने अनुमान गरिएको हो । 

विस्फोटनका कारण प्रान्तीय अस्पतालको भवन र सँगै रहेको एम्बुलेसन्समा पनि क्षती पुगको अधिकारीहरूले जनाएका छन् । घटनाबाट प्रभावित भएका मध्ये धेरै जना स्वास्थ्यकर्मीहरू समेत रहेका छन् । त्यसैगरी विश्‍वविद्यालयको प्रवेश परीक्षामा सहभागी हुन लोगार जिल्लाबाट आएका विद्यार्थीहरू पनि घटनामा परेका छन् । (रासस)
 



Author

थप समाचार
x