विश्व

शांघाई नजिकको नान्तोङमा आँधीका कारण ११ को मृत्यु

इकागज |
बैशाख १८, २०७८ शनिबार १६:१२ बजे

शांघाई  : शांघाईको नजिकैको एउटा शहरमा शुक्रबार साँझ आएको घातक आँधीबेरीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको र सयभन्दा बढी घाइते भएको चिनियाँ अधिकारीहरूले शनिबार बताएका छन् । शुक्रबार साँझ माछा मार्न गएका माछा मार्ने डुंगामा रहेका नौ जना आँधीपछि सम्पर्कमा आएका छैनन् तर सोही डुंगाका अन्य दुई जनालाई सकुशल उद्धार गरिएको छ । 

याङ्जे नदीको उत्तरी किनारमा रहेको ८० लाख जनसङ्ख्या रहेको नान्तोङ शहर र वरपरका क्षेत्रमा ठूला असिनासहित आएको आँधीबेरीमा परी उनीहरूको मृत्यु भएको चिनियाँ वेबसाइट ‘ट्यूटियाओ डटकम’ले जनाएको छ ।


आँधीपछि कतिपय मृतकहरू रूख र बिजुलीको खम्बाले थिचिएको अवस्थामा भेटिएका थिए भने अन्यलाई बतासले पानीमा फ्याँकिएको अवस्थामा पाइएको स्थानीय अधिकारीहरूले सामाजिक सञ्‍जाल ओइवोमार्फत् जानकारी गराएका छन् । 

आँधीका कारण कम्तीमा १०२ जना घाइते भएका छन्, धेरै घरहरू भत्किएका छन् भने करिब तीन हजार स्थानीयलाई सुरक्षितस्थलमा सारिएको छ । (रासस)


Author

थप समाचार
x