क्वाडविरुद्ध उभिन चीनले बंगलादेशलाई गर्यो औपचारिक आग्रह
काठमाडौँ : चीनले बंगलादेशलाई क्वाड (अमेरिका, जापान, भारत र अस्ट्रेलियाको अनौपचारिक समूह ) को विरुद्ध उभिन आग्रह गरेको छ । दक्षिण एसियामा स्थिरता र शान्ति कायम राख्न पनि बंगलादेश क्वाडविरुद्ध उभिनु पर्ने चीनको भनाई छ । चीनले सुरुदेखि नै जसलाई चीनले सैन्य गठबन्धन मान्छ ।
एक दिने भ्रमणका लागि मंगलबार ढाका ओर्लेका चिनियाँ रक्षा मन्त्री जेनरल वेइ फेङले क्वाडको विषयमा कुरा उठाएको बंगलादेशको प्रख्यात दैनिक प्रोथोमालोले लेखेको छ । यद्यपि बंगलादेशबाट फेङले उठाएको विषयमा कुनै औपचारिक टिप्पणी गरिएन । बंगलादेशी राष्ट्रिपति मोहम्मद अब्दुल हमिदसँगको भेटमा रक्षा मन्त्री फेङले क्वाड बाहेक बेइजिङ-वासिङ्टन र बेइजिङ-नयाँ दिल्लीबीचको सम्बन्धका विषयमा पनि कुरा गरेको बताइएको छ ।
रक्षामन्त्री फेङ धनमण्डी रोडस्थित बंगबन्धु संग्राहलय पनि पुगेको जनाइएको छ । यसअघि कुनै पनि चिनियाँ उच्च अधिकारी त्यहाँ पुगी सन् १९७२ स्वतन्त्रता युद्धमा ज्यान गुमाएका प्रति सम्मान प्रकट गरेका थिएनन् । चीनले त्यस युद्धमा बंगलादेशलाई साथ दिएको थिएन । त्यसकारण पनि फेङको कदम अर्थपूर्ण रहेको बंगलादेशी विश्लेषकहरुले बताएका छन् ।
इन्डो-प्यासिफिकको नाममा बनाइएका रणनीतिमा बंगलादेशको सहभागिता रहेको भए पनि चीनसँगको उसको सम्बन्ध बलियो बन्दै गइरहेको छ । विशेषगरी चीन र बंगलादेशले रक्षा सम्बन्धलाई सुदृढ गरेका छन् । बंगलादेशी सेनाका लागि चीन सबैभन्दा ठूला हतियार तथा सैन्य सामाग्री निर्यातकर्ता हो ।
बंगलादेशको नेभीले आफ्नो पहिलो सब-मरिन नै चीनबाट खरिद गरेको थियो । त्यस्तै, वायु सेना र कोस्टगार्डका लागि आवश्यक पर्ने सामाग्री चीनबाटै आउँछ । पछिल्लो समय बंगलादेश सरकार चीनसँग कोभिड-१९ खोप आयात गर्ने विषयमा पनि छलफल गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया