विश्व

पाकिस्तानमा बस दुर्घटना, कम्तीमा ४१ जनाको मृत्यु

इकागज |
माघ १५, २०७९ आइतवार १३:४ बजे

काठमाडौँ - दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको बस दुर्घटनामा कम्तीमा ४१ जनाको ज्यान गएको छ । बस पुलबाट खसेको पाकिस्तानी सन्चार माध्यमले जनाएका छन् । मृतकहरूको पहिचान हुन बाँकी रहेको समाचारमा जनाइएको छ ।

समाचारमा जनाइएअनुसार पुलबाट खसेको बसमा आगो लागेको थियो । तीब्र गतिका कारण लस्बेला नजिकै यू–टर्न लिँदा बस पुलको पिलरमा ठोक्किएको अधिकारीहरूले जनाएका छन् । त्यसपछि गाडी खाडलमा खसेर आगो लागेको थियो । 


बसमा ४८ यात्रु सवार थिए । दुर्घटनाग्रस्त यात्रुवाहक बस क्वेटाबाट कराँची गइरहेको थियो । अधिकारीहरूले मृतकको संख्या अझै बढेर ४८ पुग्न सक्ने आशंका गरेका छन् ।

 


Author

थप समाचार
x