विश्व

भूकम्पमा परी तीन जनाको मृत्यु, आठ सय बढी घाइते

इकागज |
माघ १५, २०७९ आइतबार १७:३६ बजे

तेहरान - इरानमा गएराति भएको ५.९ रेक्टर स्केलको भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ भने आठ सय १६ जना घाइते भएका छन् । 

देशको उत्तरपश्चिम अजरबैजान प्रान्तको खोय शहरमा भूकम्प भएको र त्यसबाट ७० भन्दा बढी गाउँ प्रभावित भएका सरकारी समाचार समिति इर्नाले जनाएको छ । भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको जनाउँदै इर्नाले क्षतिको मूल्यांकन भइरहेको बताएको छ । 


भूकम्प प्रभावित स्थलको स्थलगत निरीक्षणमा गृहमन्त्री अहमद बहिदी निस्किएका छन् । यही माघ चार गतेको भूकम्पमा परी इरानमा सयौँ घाइते भएका थिए । उक्त दिन ख्वे नजिक ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो । 

सन् २०२० को फेब्रुवरीमा ५.७ म्याग्निच्युडको भूकम्प हुँदा पश्चिमी हबासेओल्यामा नौ जनाको मृत्यु भएको थियो । सन् १९९० मा ७.४ म्याग्निच्युडको भूकम्प हुँदा ४० हजारको ज्यान जानका साथै तीन लाख घाइते भएका थिएभने पाँच लाख जना घरबारविहीन भएका थिए । 
 


Author

थप समाचार
x