विश्व

भारतमा प्रहरीले गरे मन्त्रीको हत्या

इकागज |
माघ १६, २०७९ सोमबार ९:३६ बजे

काठमाडौँ - भारतको ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासलाई प्रहरीका असिस्टेन्ट सबइन्स्पेक्टरले गोली हानी हत्या गरेका छन् । सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा सबइन्स्पेक्टर गोपाल दासले छातीमा गोली हानेर हत्या गरेको भारतीय सन्चार माध्यमले जनाउका छन् ।

समाचारमा जनाइएअनुसार प्रहरीको गोली लागेर घाइते भएका दासको उपचारका क्रममा निधन भएको हो ।  गोली हान्ने प्रहरी पक्राउ परेका छन् । गोली हान्नुको कारण खुलेको छैन । 


प्रधानमन्त्री नरेन्द्र मोदी र ओडिसाका मुख्यमन्त्री नवीन पटनायकसहितका नेताहरूले घटनाप्रति दुःख व्यक्त गरेका छन् । 


Author

थप समाचार
x