विश्व

पाकिस्तानको एक मस्जिदमा विष्फोट हुँदा कम्तिमा २५ को मृत्यु

इकागज |
माघ १६, २०७९ सोमवार १६:१६ बजे

काठमाडौँ- पाकिस्तानको पेशावर सहको एक मस्जिदमा विष्फोट हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ । विष्फोटमा २५ जनाको मृत्यु हुनुका साथै अन्य १ सय ४० जना भन्दा बढी घाइते भएको पाकिस्तानी अधिकारीहरुलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।

मस्जिदमा प्रार्थनाका लागि ठूलो संख्यामा मानिसहरु भेला भएको समयमा विष्फोट भएको प्रहरी अधिकारी सिकन्दर खानले बताए ।


विष्फोटका कारण मस्जिद भत्किएको तथा भग्नावशेषमा मानिसहरु भएको हुन सक्ने आशंका गरिएको छ ।


Author

थप समाचार
x