विश्व

भारतका टीभी च्यानलहरूले दैनिक ३० मिनेट सन्देशमूलक कार्यक्रम प्रसारण गर्नुपर्ने

इकागज |
माघ १७, २०७९ मंगलबार ९:१३ बजे

नयाँदिल्ली- भारतको सूचना तथा प्रसारण मन्त्रालयले सोमबार निजी प्रसारणकर्ताहरूलाई हरेक दिन ३० मिनेट सार्वजनिक सेवा प्रसारण गर्न निर्देशन जारी गरेको छ ।

यस निर्देशनअनुसार प्रासरित सामग्री एक पटकमा ३० मिनेटको हुनु अनिवार्य नभए पनि तर पटक–पटक गरी दिनमा कम्तीमा ३० मिनेटको हुनुपर्ने र यसबारे अनलाइन रिपोर्ट सम्बन्धित निकायमा पेस गर्नुपर्नेछ ।


प्रसारणको विषयवस्तुमा शिक्षा र साक्षरताको प्रचार–प्रसार, कृषि तथा ग्रामीण विकास, स्वास्थ्य तथा परिवार कल्याण, विज्ञान तथा प्रविधि, महिला कल्याणलगायतका राष्ट्रिय महत्त्वका विविध विषय र सामाजिक सान्दर्भिक विषयवस्तु समेटिएको हुनुपर्नेछ । (सिन्ह्वा)


Author

थप समाचार
x