विश्व

विवाह नगरेका चिनियाँ नागरिकले बच्चा जन्माउन पाउने

इकागज |
माघ १७, २०७९ मगलवार १४:४ बजे

काठमाडौँ- चीनको सिचुवान प्रान्त सरकारले विवाह नभएसम्म बच्चा जन्माउन नपाउने नियम हटाउने भएको छ । देशको जन्मदर घट्दै गएपछि सिचुवान प्रान्स सरकारले उक्त नियम हटाउन लागेको सीएनएनले जनाएको छ ।

विगत ६ दशकमा पहिलो पटक गत वर्ष चीनको जन्मदर घटेपछि चीन सरकारले जनसंख्या बढाउन विभिन्न उपायहरू खोजिरहेको छ ।


अहिलेको अवस्थामा सिचुवान प्रान्तले विवाहित जोडीलाई केवल दुई बच्चा जन्माउन पाउने नियम लागू गरेको छ । तर आगामी फेब्रुअरी १५ पछि अविवाहित जोडीले जतिपनि संख्यामा बच्चा जन्माउन पाउने भएका छन् ।

चीनमा मातृत्व बीमा जस्ता सुविधाहरू पाउन आमाबाबुलाई बच्चाको जन्म दर्ता आवश्यक हुन्छ । बालबालिकालाई स्वास्थ्य सेवा र शिक्षा जस्ता सामाजिक कल्याणमा पहुँच प्रदान गर्न घरपरिवार दर्ता कागजात वा हुकुउ प्राप्त गर्न पनि आवश्यक हुन्छ ।


Author

थप समाचार
x