विश्व

पाकिस्तानको मस्जिदमा भएको विस्फोटमा ९० को मृत्यु

इकागज |
माघ १७, २०७९ मंगलबार १४:५० बजे

फाइल फोटो

पेशावर - उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी मुख्यालयमा रहेको मस्जिद विस्फोटको भग्नावशेषबाट मंगलबार अझै शवहरू निकाल्ने क्रम जारी रहेको र हालसम्म ९० जनाको मृत्यु भएको छ र एक सय ५० भन्दा बढी घाइते भएका छन ।  

प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो । अफगान सीमासँग जोडिएका क्षेत्रहरुमा आक्रमणहरु लगातार बढिरहेको छ । मंगलबार अस्पतालबाट एएफपीलाई २३ वर्षीय प्रहरी हवल्दार वजाहत अलीले भने, ‘म सात घण्टासम्म मृत शरीरसहितको भग्नावशेषमुनि फसेको थिएँ , मैले बाँच्नको लागि सबै आशा गुमाएँको थिए ’ । 


पेशावरको मुख्य अस्पतालका प्रवक्ता मुहम्मद असिम खानले घटनास्थलबाट थप शव आएपछि मृत्यु हुनेको संख्या ९० पुगेको एएफपीलाई बताए । एक सय ५० भन्दा बढी घाइते भएका अधिकारीहरुले बताएका छन् । 

सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले एएफपीलाई भने कि मारिनेमा ९० प्रतिशतभन्दा बढी प्रहरी नै थिए, जसमध्ये ३०० देखि ४०० जना कम्पाउण्डको मस्जिदमा प्रार्थनाका लागि भेला भएका बताए ।  

‘आज बिहान हामी भत्किएको छतको अन्तिम भाग हटाउन जाँदैछौं ताकि हामी थप शवहरू निकाल्न सकौं, तर हामी कोही पनि बाँचेकाहरु फेला पर्ने आशामा छैनौं,’ प्रहरी प्रवक्ता बिलाल अहमद फैजीले एएफपीलाई बताए ।  

 प्रार्थना सुरु गरेको केही सेकेन्डपछि विस्फोट भएको र ‘मैले कालो धुवाँ आकाशमा उठेको देखेँ , म आफ्नो ज्यान बचाउन बाहिर भागें, ४७ वर्षीया प्रहरी अधिकारी शाहिद अलीले बताए । 


Author

थप समाचार
x