विश्व

युक्रेन र अष्ट्रियाका राष्ट्रपतिबीच भेटवार्ता

इकागज |
माघ १९, २०७९ बिहीबार १२:४२ बजे

किभ - युक्रेन र अष्ट्रियाका राष्ट्रपतिका बीचमा बुधबार भेटवार्ता भएको बताइएको छ । हाल युक्रेनको भ्रमणमा रहनुभएका अष्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर वान डेर बेलेनसँग युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किले भेटवार्ता गरेका हुन् ।

उनीहरूबीचमा युक्रेनको राजधानी किभमा बुधबार भेटवार्ता भएको बताइएको छ । सो भेटका क्रममा युक्रेनको सहयोगका विषयमा छलफल भएको बताइएको छ ।भेटपछि युक्रेनका राष्ट्रपति जेलिन्स्किीको प्रेस सेवाले जानकारी दिएको छ । रुसले आक्रमण गरेर ध्वस्त भएको युक्रेनका लागि हाल विश्वका देशहरुले सहयोग गर्दै आएका छन् ।


युरोपियन युनियनले पनि युक्रेनलाई विगत लामो समयदेखि सहयोग गर्दै आएको छ । यस क्रममा आफूहरुले पनि युक्रेनलाई सहयोग प्रदान गर्ने प्रतिबद्धता सो क्रममा अष्ट्रियन राष्ट्रपतिले जानकारी दिएका थिए ।

त्यस अवसरमा युक्रेनी राष्ट्रपति जेलिनिस्कीले युक्रेनलाई सहयोग गर्दै आएकामा अष्ट्रियालाई धन्यवाद दिएका थिए । युक्रेनलाई अष्ट्रियाले विगतमा गरेर २१ करोड ९० लाख अमेरिकी डलर बराबरको सहयोग गरेको थियो ।


Author

थप समाचार
x