विश्व

पर्यटक लोभ्याउन ५ लाख हवाइ टिकट निःशुल्क बाँड्दै हङकङ

इकागज |
माघ २१, २०७९ शनिबार १६:८ बजे

काठमाडौँ- विदेशी पर्यटकलाई लोभ्याउने उद्देश्यले हङकङ सरकारले निःशुल्क ५ लाख हवाइ टिकट वितरण गर्ने योजना अघि सारेको छ । पर्यटन क्षेत्रलाई पुनःजीवित पार्न तथा विदेशी पर्यटकलाई फर्काउनका लागि सो योजना अघि सारेको सीएनएनले जनाएको छ ।

यसका लागि हङकङ सरकारले बिहीबार ‘हेल्लो हङकङ’ नामक योजना सार्वजनिक गरेको छ । ती हवाइ टिकट क्याथे प्यासिफिक, हङकङ एक्सप्रेस तथा हङकङ एयरलाइन्समार्फत निःशुल्क वितरण गरिने भएको छ । निःशुल्क प्रदान गरिने ५ लाख टिकटको मूल्य २५४.८ मिलियन अमेरिकी डलर बराबरको हुनेछ ।


मार्च १ तारिखदेखि ‘ओल्ड अफ विनर्स’ मार्फत हङकङ जान चाहनेले उक्त टिकट प्राप्त गर्नका लागि आफ्नो नाम दर्ता गराउन सक्ने भएका छन् । मार्च १ देखि दक्षिण-पूर्वी एसियाका पर्यटक, अप्रिल १ देखि चीनका बासिन्दा तथा मे १ देखि विश्वका अन्य देशका पर्यटकलाई निःशुल्क टिकट प्रदान गरिनेछ ।


Author

थप समाचार
x