विश्व

पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफको निधन

इकागज |
माघ २२, २०७९ आइतवार १२:२० बजे

काठमाडौँ- पाकिस्तानका पूर्वराष्ट्रपति जेनेरल परवेज मुसर्रफको निधन भएको छ । मुसर्रफको ७९ वर्षको उमेरमा दुबईको अस्पतालमा निधन भएको जियो न्यूजलाई उदृत गर्दै हिन्दुसतान टाइम्सले जनाएको छ ।

मुसर्रफ उपाचारका क्रममा दुबईमा रहेको अमेरिकन हस्पिटलमा भर्ना भएका थिए । सन् १९९९ को सैन्य कु मार्फत् मुसर्रफ पाकिस्तानको राष्ट्रपति बनेका थिए । उनी सन् २००१ देखि २००८ सम्म राष्ट्रपतिको रुपमा रहेका थिए ।



Author

थप समाचार
x