विश्व

भूकम्पले ध्वस्त टर्कीले गर्‍यो अन्तराष्ट्रिय समुदायलाई सहयोगको आग्रह

इकागज |
माघ २३, २०७९ सोमबार १९:३६ बजे

फाइल फोटो

अंकारा - टर्की र सिरियामा सोमबार गएको घातक भूकम्पमा परी ५०० भन्दा बढीको ज्यान  गएको छ । 

भूकम्पबाट व्यापक जनधनको क्षति भएपछि विश्वका नेताहरूले शोक व्यक्त गर्दै सहयोगका लागि अग्रसर भएका छन् ।  यसैबीच टर्कीले राहत र उद्धारकार्यमा सहयोग गर्न विश्वसमुदाय सँग आग्रह गरेको छ ।


टर्कीले स्तर ४ु अलार्म जारी गर्दै सहयोगका लागि अन्तराष्ट्रिय समुदायसँग आग्रह गरेको छ । टर्कीको प्रकोप र आपतकालीन व्यवस्थापन एजेन्सीले ७.८ म्याग्निच्युडको भूकम्पले तहसनहस पारेपछि तत्काल राहत र सहायता परिचालन गर्न अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको हो ।


Author

थप समाचार
x