विश्व

टर्की भूकम्प : मृतकको संख्या आठ हजारनजिक

इकागज |
माघ २५, २०७९ बुधवार ९:४७ बजे

काठमाडौँ - टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनको संख्या आठ हजारजनिक पुगेको छ । सोमबार गएका दुई ठूला भूकम्पमा परी टर्की र सिरियामा गरी करिब आठ हजारको ज्यान गएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरूले जनाएका छन् ।

हालसम्म ७,८०० जनाको मृत्यु पुष्टि भइसकेको बीबीसीले जनाएको छ । समाचारमा जनाइएअनुसार टर्कीमा ५,८९४ र सिरियामा कम्तीमा १,९३२ जनाको ज्यान गएको छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी उद्धारकर्ताहरूले दिएको बीबीसीले उल्लेख गरेको छ । उद्धार कार्य जारी छ । अत्याधिक चिसोका कारण उद्धारमा समेत कठिनाइ भइरहेको छ । 


भूकम्पका कारण टर्कीमा मात्रै ६ हजार बढी भवनहरू भत्किएका छन् । 

टर्कीमा सोमबार बिहान पहिलो पटक७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो भने त्यसको केही घण्टापछि ७.५ म्याग्निट्यूडको भूकम्प गएको थियो । त्यसपछि पनि सयौँ पराकम्प गएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरूले उल्लेख गरेका छन् । 


Author

थप समाचार
x